१ अर्ब २ कराेड रुपैयाँ बराबरकाे हेरोइनसहित ७ अफ्रिकन पक्राउ

काठमाडाैँ । ५१ किलाे खैराे तथा सेता हेराेइनसहित ७ जना अफ्रिकन नागरिक पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्यूराेले त्रिभुवन विमानस्थल र काठमाडाैँका विभिन्न ठाउँ गरेकाे ७ दिन लामाे अनुसन्धान तथा निगरानीका क्रममा ७ जना अफ्रिकन नागरिक पक्राउ परेकाे प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेहरूमध्ये वर्ष २९ की सबिसी थन्डीकेले, वर्ष ४६ कि मुरिल क्युड्युज्की थिम्बेनी रहेका छन् । उनीहरू जेठ २९ गते फ्लाइ दुबईकाे उडानबाट काठमाडाैँ उत्रिएका थिए । प्रहरीले उनीहरूलाई ठमेलकाे एउटा हाेटेलबाट पक्राउ परेका हुन् । उनीहरूकाे साथबाट १६ केजी सेताे हेराेइन बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

त्यस्तै, फ्लाइ दुबईकै उडानबाट जेठ ३० गते काठमाडाैँ उत्रिएकी ४६ वर्षीय थाबालाला ख्यानीसेलेलाई ठमेलकै एउटा हाेटेलबाट पक्राउ परेकी छन् । उनकाे साथबाट ८ किलाे सेताे हेराेइन बरामद भएकाे छ । त्यस्तै, साेही दिन फ्लाइ दुबईबाटै काठमाडाैँ उत्रिएकी राेसीहा नाेनक्लीलेलाई ठमेलकै एउटा हाेटेलबाट ८ किलाे हेराेइनसहित पक्राउ गरिएकाे छ ।

त्यस्तै, फ्लाइ दुबईबाट जेठ २६ गते काठमाडाैँ उत्रिएकी महल्काे माैरिन माथिबालाई ठमेलकाे एउटा हाेटेलबाट ७ किलाे सेताे हेराेइनसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

कतार एअरकाे उडानबाट जेठ ३१ मा काठमाडाैँ उत्रिएकी माेराेइसी सुजेन काेफू ४ किलाे सेताे हेराेइन र ४ किलाे खैराे हेराेइन सहित पक्राउ परेकी छन् । त्यस्तै साेही दिन फ्लाइ दुबईबाट काठमाडाैँ उत्रिएकी मार्लिसे बेडेगाहरस्ट ६ किलाे सेता हेराेइनसहित ठमेलबाटै पक्राउ परेकाे प्ररही उपरीक्षक श्रेष्ठले बताएका छन् ।

उनीहरूविरुद्ध लागू औषध (नियन्त्रण) ऐन २०३३ बमाेजिम अनुसन्धान सुरु गरिएकाे उनले बताए । यसअघि पनि पटकपटक साउथ अफ्रिकाबाट आउने महिलाहरू लागू औषधसहित पक्राउ पर्ने गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री