काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने जजिरा एयरको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा पुगेर फर्किएको छ । कुवेतबाट आएको जहाज बिहान काठमाडौँको मौसम खराब भएपछि जहाज भैरहवा पठाइएको थियो ।
काठमाडाैँबाट पठाइएकाे जहाज बिहान ४:३६ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे थियाे । त्यहाँ करिब डेढ घन्टा बिताएर जे नाइन ५४१ जहाज ६:२२ बजे काठमाडौँका लागि उडेकाे हाे ।
जहाज अहिले काठमाडौँ फर्किसकेको छ । भैरहवाबाट बिहान करिब ६ः५० बजे जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको हाे ।
तपाईंको प्रतिकृया




