आइएमई २२ औँ वार्षिकोत्सव : रेमिट्यान्सले ग्रामिण क्षेत्रको दुःखी जीवनलाई सुखी तुल्याएको छः अर्थमन्त्री

नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिट्यान्स कम्पनी आइएमईले आफ्नो स्थापनाको २२औँ वर्ष प्रवेशको अवसरमा आइतवार राजधानी काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरि मनाएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले उदघाटन गरेको उक्त कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, अर्थसचिव मधुकुमार मरासिनी, श्रमसचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललगायका व्यक्तित्वहरूले विशिष्ट अतिथि वक्ताको रूपमा शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

आइएमई ग्रुपमा अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शमा पूर्वअध्यक्ष डा. राजेशकाजी श्रेष्ठ, माइग्रेन्ट विज्ञ एवम् राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. गणेश गुरुङ्, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र आइएमईका संचालक एवम् आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले रेमिट्यान्सलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउन खोज्दा हुण्डी कारोबार चलिरहेको थियो भन्दै थुप्रै चुनौती पार गरेर रेमिट्यान्स क्षेत्रलाई यहाँसम्म ल्याइपुर्याउन आइएमईले गरेको योगदानको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरे । सम्बोधनका क्रममा मन्त्री शर्माले रेमिट्यान्सले ग्रामिण क्षेत्रको दुःखी जीवनलाई सुखी तुल्याएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफैं वैदेशिक रोजगारीमा गएका व्यक्तिले वैदेशिक रोजगारीमै गएका व्यक्तिहरूको सेवाका लागि कम्पनी स्थापना गरि आज ४०/४५ हजारको संख्यामा रोजगारी सिर्जना गरेको जानकारी दिए । एउटा सानो कोठाबाट शुरूवात भएको आइएमईले विगतमा भोगेका कयौं जोखिम एवम् चुनौतीहरूको स्मरण गर्दै अहिले आइएमई रेमिट्यान्सको पर्यावाची बनेको देख्दा आफू र आफ्नो टीम प्रशन्न रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव शंकरदास बैरागीले ज्ञान, सीप र अनुभवले विशेष अर्थ राख्दछ भन्ने कुराको नमुना आइएमई रहेको बताउँदै रेमिट्यान्सलाई औपचारिक प्रणालीमार्फत नेपाल भित्र्याउन थप सहकार्य गर्न सकिने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले आइएमईले रेमिट्यान्स संस्कृतिमा सुधार ल्याएको बताउँदै एउटा आइडियाले संसार बदल्ने सक्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रमसचिव एकनारायण अर्यालले पाँच हजार श्रमिक रहेका ठाउँमा आफ्ना सेवाकेन्द्र स्थापना गर्न आइएमई व्यवस्थापनलाई सुझाव दिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले रेमिट्यान्ससँग सम्बन्धित विभिन्न डाटा प्रस्तुत गर्दै आइएमई परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै माइग्रेन्ट विज्ञ एवम् राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. गणेश गुरुङ्ले आफूले आइएमईलाई प्रसव बेदनादेखि नै चिन्दै आएको बताउँदै आफू नै डुबेर कंगाल हुन सक्ने अवस्थासम्मको जोखिम मोलेर ढकाल दाजुभाइले आजभन्दा २२ वर्षअघि आइएमई स्थापना गरेको उल्लेख गरे ।

एक प्रसंगमा डा. गुरुङले अफ्रिकालगायतका देशहरूमा रेमिट्यान्स सेवाका लागि आइएमईको जस्तै सेवा कपी गरिएको जानकारी दिँदै ढकाल दाजुभाई र उहाँहरुले नेतृत्व गरिरहेको आइएमई ‘फादर अफ रेमिटेन्स’ भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष डा. राजेशकाजी श्रेष्ठले आजभन्दा २२ वर्षअघि आइएमईको उदघाटन कार्यक्रममा आफू जान आनाकानी गरेको स्मरण अहिले आइएमईको यो फैलिँदै गरेको स्वरूप देखेर आफूलाई खुशी लागेको बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले सन् १९९४ मा क्षेत्रपाटीमा एउटा सानो ग्रोसरी संचालन गरेको व्यक्ति तीन दशक नपुग्दै यो अवस्थामा आइपुग्नु उद्यमशीलताको एक विशिष्ट नमुना भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले अवसरको खोजीमा नेपाली यूवा विदेशिन थालेसँगै उनीहरुले रगत पसिना बगाएर आर्जन गरेको रकम सुरक्षित तवरले आफन्तको हातसम्म पुर्याउन एउटा माध्यम चाहिएको थियो । आफ्नो दुःखले आर्जित रकमसँग मान्छेको सपना गाँसिएको हुन्छ, खुसी जोडिएको हुन्छ । त्यही सपनालाई बास्तविकतामा परिणत गर्न, खुसीलाई यथार्थमा बदल्न र विश्वासलाई सार्थक तुल्याउन आजभन्दा २२ वर्षअघि आजकै दिन आइएमईको जन्म भएको बताए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै आइएमईका संचालक एवम् आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुलुकका खास खास अप्ठ्याराहरूमा आइएमईले आफ्नो सेवालाई प्रभावकारी ढंगले संचालन गरेको सम्मान स्वरूप एउटा भरपर्दो ब्राण्डको रूपमा स्थापित भएको बताए ।

त्यस्तै कार्यक्रमलाई स्वागत मन्तब्य व्यक्त गर्दै आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले २१औं वर्ष पुरा गर्दैगर्दा धेरै क्षेत्रमा सम्बन्ध स्थापित गर्ने अवसर आइएमईले प्राप्त गरेकाले विदेशमा श्रम गरेर नेपालमा रेमिट्यान्स पठाउने आमसेवाग्राहीहरू, व्यवसायिक साझेदार, नियामक निकाय नेपाल राष्ट्र बैंक, हाम्रा सेवा तथा उत्पादनलाई सुसूचित गराइदिने मिडिया सवैसँगको सम्बन्धलाई अझ विस्तार गर्दै आगामी दिनमा झनै परिष्कृत, सरल, प्रविधियुक्त, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा प्रवाह गर्नका लागि प्रतिवद्ध रहेको बताउँदै २२औं वार्षिकोत्सव सम्बन्धको भन्ने मुख्य थीममा आधारित रहेर यो वर्षभरी हामीले हाम्रा कार्यक्रमहरूलाई अगाडी बढाउने बताए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

प्री बुकिङ्ग गरिएका एक्स्पेङ जी ६ एसयुभी दसैँ अगावै आइपुग्ने

काठमाडौँ । आधिकारिक वितरक सिजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारी साधनहरूको आगमनको घोषणा …

प्रतिकृया दिनुहॊस

This will auto close after