इन्भेष्टमेन्ट र मेगा बैंकबीच शुक्रबार आज मर्जर सम्झौता हुँदै

काठमाडाै । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच मर्जर सम्झौता हुने भएको छ। शुक्रबारको शेयर कारोबार बन्द भएपछि दुई बैंकबीच आज नै मर्जर सम्झौता हुन लागेको बैंकले जानकारी दिएकाे छ ।

दुवै बैंकबीच आज शुक्रबार बेलुका मर्जर सम्झौता हुने भएकाे हाे । मर्जर पछि बन्ने बैंकको नाम, बैंकको अध्यक्ष , बैंकको सीइओ तथा प्रारम्भिक स्वाप पनि तय भईसकेको छ । हालसम्मको सहमति अनुसार मर्ज पछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ भने अध्यक्ष तथा सीइओ इन्भेष्टमेन्ट कै रहने छन् भने अन्य संचालक दुवै बैंकबाट प्रतिनिधित्व गर्नेन् । याेसँगै १००:९० को स्वापको लागि प्रारम्भिक सहमति भएको छ । मर्जर भएपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने वताइएकाे छ ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००:९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने भएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री