ज्योति विकास बैंकको जहरसिंपौवा विस्तारित काउन्टर उद्घाटन

काठमाडौं । ज्योति विकास बैंकले साखु शाखा अन्तर्गतको जहरसिंपौवा विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ । बैंकको संजाल थप सुदृढ गर्ने क्रममा बैंकले काठमाडौंमा नयाँ विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको बै‌कले वताएकाे छ। जहरसिंपौवा विस्तारित काउन्टरको समुद्घाटन शंखारापुर नगरपालिका वडा नं.३ का वडा अध्यक्ष सुर्य बहादुर तामाङ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए ।

विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले जहरसिंपौवा विस्तारित काउन्टरका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्युआर काेड, नि: शुल्क डलर कार्ड जारी, नि: शुल्क डिम्याट खाता, निशुल्क मेरोसेयर रजिस्ट्रेशन, नि: शुल्क डेबिट कार्ड, नि: शुल्क मोबाईल बैंकिंग सेवा, नि: शुल्क इन्टरनेट बैंकिंङ सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ। हालसम्म ज्योति विकास बैंकले १ सय १७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आइरहेको बैंकले वताएकाे  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप