काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेपाल बन्द आब्हानले देशभरको जनजीवन प्रभावित भएको छ ।
चन्द नेतृत्वको नेकपाले बिहानै देखि उपत्यका लगायत विभिन्न जिल्लामा राखेको बमका कारण जनजीवन प्रभावित भएको छ । बन्दको आब्हानले कारण सुरक्षाका कारण विद्यालयहरु पूर्णरुपले ठप्प भएका छन् ।
भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा मंगलबार बिहानै प्रेसर ककुर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ ।
चन्दा आतंक फैलाएको नाममा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले नियन्त्रणमा लिएपछि नेकपाले बन्द लगायतका विरोधका कार्यक्रम गरेको हो ।
तपाईंको प्रतिकृया




