माछापुच्छ्रे बैंकका ग्राहकलाई काठमाडौं प्याथल्याब र ग्यालेक्सी किल्निकमा विशेष छुट

काठमाडौं । माछापुच्छ्रे बैंक र महाराजगञ्जस्थित काठमाडौं प्याथल्याब एण्ड डायग्नोस्टिक सेन्टर र ग्यालेक्सी स्पेशियालिटी किल्निकबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले काठमाडौं प्याथल्याब एण्ड डायग्नोस्टिक सेन्टरबाट प्रदान गरिने सेवामा २५ प्रतिशतसम्म छुट पाउनेछन् । ग्यालेक्सी स्पेशियल किल्निकबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि (स्पशियालिटी सर्भिस बाहेक) सुविधाहरुमा २५ प्रतिशतसम्म छुट पाउने बैंकले वताएकाे  छ ।

बैंकका ग्राहकहरूले साे छुट बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्युअर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले हाल देशका ७ वटै प्रदेशमा १ सय ६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १ सय ६६ शाखारहित बैंकिङ्ग सेवा, २ सय ५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप