राष्ट्रिय वाणिज्य बैंकको कार्ड होल्डरलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र अन्नपूर्ण केबुलकारबीच बैंकका डेबिट/क्रेडिट कार्ड होल्डरहरुलाई केबलकारको भाडा रकममा छुट दिने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।

साे सम्झौता भएपश्चात् कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबलकारमा यात्रा गर्दा बैंकका कर्मचारी तथा डेबिट/क्रेडिट कार्ड भएका ग्राहकलाई केबलकारले भाडा रकममा १० प्रतिशत छुट दिने भएकाे छ । हाल देशभर बैंकले २ सय ५८ वटा शाखा कार्यालय, २ सय ४५ वटा एटिएम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिङ्ग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आइरहेको बैंकले वताएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री