काठमाडाै । काठमाडौँबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाज बीचबाटै काठमाडौँ फर्किएको छ । बुधबार बिहान १०ः४३ बजे काठमाडौँबाट उडेको जहाज टायरमा समस्या देखिएपछि काठमाडौँ नै फर्किएको हो ।
त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ताका अनुसार जहाज काठमाडौँ विमानस्थलमा सकुशल अवतरण भएको छ । अहिले जहाजको प्राविधिक जाँच भइरहेको जनाइएकाे छ ।
तपाईंको प्रतिकृया




