सेञ्चुरी बैंकको पथरी र इनरुवा खोल्यो दुई शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्गको पथरी शाखा र सुनसरीको इनरुवा शाखा सञ्चालन ल्याएको हो । पथरी शाखाको उद्घाटन सो शाखाका संचालक मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वापोले संयुक्त रुपमा गरेका छन् ।  इनरुवा शाखाको उद्घाटन सो शाखाका संचालक अभिषेक बर्जचार्य र इनरुवा नगरपालिकाको मेयर केदार भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

बैंकले २०७८ चैत मसान्तसम्ममा  ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ र १ अर्ब बढी रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिको तुलनामा १८३ दशमलव ५९ प्रतिशतले बढी हो ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । थप दुई शाखा संचालनमा आएपछि बैंकको कुल शाखा संख्या १ सय ४६ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र १ सय १५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस