नेपाल प्रेस युनियनका अध्यक्ष सिग्देल आईएफजेमा निर्वाचित

काठमाडाै । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को कार्यकारी समिति सदस्यमा निर्वाचित भएका छन्। ओमानको राजधानी मस्कटमा जारी आईएफजेको ‘वर्ल्ड कंग्रेस’ बाट उनी कार्यकारी समिति सदस्यमा निर्वाचित भएकाे अध्यक्ष सिग्देलले वताए ।

सिग्देल एसिया प्यासिफिक अन्तर्गत दक्षिण एसियाको प्रतिनिधित्व गर्दै आईएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित भएका हुन्। प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो। प्रेस युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको हाे।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

वर्षाले विराटनगरका बस्ती जलमग्न

काठमाडौं । लगातारको बर्षाले मोरङ विराटनगरका विभिन्न बस्ती जलमग्न बनेका छन् । विराटनगर महानगरपालिकाका ५, …

प्रतिकृया दिनुहॊस