मेगा बैंकमा बाढीझैं लगानीकर्ता, कारोबारसँगै १० प्रतिशतले बढ्यो सेयर मूल्य

काठमाडौं । बिहीबारको सेयर बजारमा लगानीकर्ताहरु एकाएक मेगा बैंकको सेयरमा बाढी झैं  आए । लगानीकर्ताको आकर्षणसँगै बैंक विभिन्न चार शीर्षकमा अग्रस्थानमा देखिएको छ ।  ८९७ पटकको कारोबारमा कूल २ लाख २५ हजार ६२८ कित्ता सेयर किनबेच भएका छन् । जुन अन्य कम्पनीको तुलनामा सर्वाधिक हो ।

सर्वाधिक कारोबार भएको मेगा बैंकको सेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता २४७ दशमलव ५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २२ दशमलव ५० रुपैयाँले बढी हो ।  बिहीबारको सेयर मूल्य मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । परिसूचक ८.०३ अंकले बढेर २२३९.६० बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३६ प्रतिशतले बढी हो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैङ्कद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामाग्री वितरण (तस्वीरहरु)

काठमाडौँ । महालक्ष्मी विकास बैङ्कले आगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका लागि राहत …

प्रतिकृया दिनुहॊस