एनएमबि बैंकका भिसा कार्डवाहक ग्राहकलाई योयो जिपलाईनमा छुट

काठमाडौं । एनएमबि बैंकले योयो जिपलाईनसँग ग्राहकलाई छुट प्रदान गर्न सम्झौता गरेको छ । बैंकले आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काई साइक्लिङ्ग, जिप लाईन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफि शपको सेवामा बैंकका ग्राहकलाई छुट प्रदान हुने गरी योयो जिपलाईनसँग सम्झौता गरेको जानकारी दिएकाे छ । बैंकका ग्राहकहरुले उक्त सेवाहरुको भिसा कार्ड मार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकको दिनमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साे सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र योयोका तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखाहरु, १ सय ३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको जानकारी दिएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस