सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच ‘स्मार्ट सहकार्य’

काठमाडौं । डिजिटल प्रविधिमा स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं भन्दै बैंकिङ सेवामा डिजिटाइजेसनलाई प्रवर्द्धनका लागि सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच सहकार्य भएको छ ।दुई बैंकबीच पोइन्ट अफ सेल (पीओइस) सेवाका लागि सहकार्य भएको छ । यससँगै लुम्बिनी विकास बैंकले कार्ड मार्फत हुने डिजिटल भुक्तानी स्वीकार गर्न आफ्ना ग्राहकबर्गलाई पोइन्ट अफ सेल डिभाइस (पीओएस) उपलब्ध गराउन सक्नेछ भने सो कार्यका लागि प्राबिधिक सेवा तथा कारोबारको सेटलमेन्ट सनराइज बैंकले प्रदान गर्ने वताएकाे छ ।

सम्झौतापत्रमा सनराइज बैंकका नायव महाप्रबन्धक रबिन नेपाल तथा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेका छन् । सनराइज बैंकले १ सय ५९ एटीएम, १ सय ३९ शाखा, १३ एक्सटेन्सन काउण्टर, ९० वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको …

प्रतिकृया दिनुहॊस