सिटिजन्स बैंकको नाफा एक अर्ब २७ करोड

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा एक अर्ब २७ करोड ३४ लाख ७३ हजार नाफा कमाएको हो । नेपाल फाइनासिन्सयल रिपोर्टिङ सिस्टममा पहिलो पटक सार्वजनिक गरिएको वित्तिय विवरण अनुसार बैंकले ९६ करोड रुपैंयाँ लाभांश वितरण गर्न सक्नेछ ।

सिटिजन्स बैंकले ६० अर्ब निक्षेप संकलन गरेर ५८ अर्ब कर्जा लगानी गरेको छ । बैंकले ७ अर्ब ब्याज आम्दानी गरेर ४ अर्ब ८४ करोड ब्याज खर्च गरेको देखिन्छ । बैंकको खराब कर्जा २.०२ प्रतिशतबाट घटएर १.२५ प्रतिशतमा झारेको छ । बैंकको प्रति सेयर आम्दानी १५.८६ रुपैंयाँ रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप