विराटनगर ।इटहरीका सुरजकुमार नेपालले सोमबार सुनको सिक्री दिसा गरेका छन् । तीन दिनअघि विराटनगर जलजला रोडको राठी ज्वेलर्समा ग्राहक बनेर गएका इटहरी उपमहानगरपालिका–२ बस्ने ३१ वर्षीय सुरजकुमार नेपालले सुनको सिक्री खरीद गर्ने भन्दै ऐना हेरी गलामा लगाउने बहानामा एक तोला सुनको सिक्री नै निलेपछि प्रहरीले पक्राउ गरी कोशी अञ्चल अस्पतालमा राखेर निगरानी गरेको थियो ।
नेपालले सिक्री निलेको भन्दै ज्वेलर्सका सञ्चालक अरुण राठीले प्रहरीमा उजुरी गरेपछि उनलाई अस्पताल लगिएको थियो । एक्स-रे रिपोर्टमा पेटभित्र धातु देखिएपछि प्रहरी निगरानीमा उनलाई कोशी अञ्चल अस्पतालमा राखिएको थियो । सोमबार नेपालको दिसाबाट सुनको सिक्री निस्किएको थियो । प्रहरीले नेपाललाई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
तपाईंको प्रतिकृया




