एजेन्सी । बलिउड अभिनेत्री सन्नी लियोनी यतिबेला उनकाे बायोपिक ‘करणजित कौर’ का कारण चर्चामा छिन् । यो वेब सिरिजका रुपमा आएको यो बायोपिकले उनको जीवनका धेरै रहस्यहरु खाेलिदिएकाे छ । गाउँकी एउटी सोझी केटी करणजितले अश्लिल चलचित्रकी नायिका सन्नी लियोनी कसरी बनिन् भन्ने फिल्मले देखाएकाे छ । करणजितदेखि सन्नी लियोनीसम्मको यात्रामा महत्वपूर्ण पात्र हुन् उनका भाई सन्दिप । ‘सन्नी लियोनी’ भनेर नामाकरण उनैले गरेका रहेछन् भने उनी अमेरिकामा कुकको काम गरिरहेका छन् ।
सन्नीले सन् २०१३ मा पेन्टाहाउसमा ‘पेट अफ द इयर’ को उपाधि जितेपछि अमेकिरामा उनको फ्यान फलोइङ टन्नै बढेको थियो । फ्यानहरु उनको अटोग्राफ लिन र तस्वीर संकलन गर्न मरिहत्ते गर्थे । यसमा धेरैको पहुँच थिएन । यसैक्रममा सन्दिपले आफ्नी दिदीको अर्धनग्न र नग्न फोटोमा अटोग्राफ लिएर साथीभाईहरुमार्फत बजारमा बेच्ने गरेका थिए । उनका भाइकाे सन्नीकाे एउटा फाेटोबाट ४०-५० डलरसम्म कमाउँथे ।
सन्नीले पहिलो पटक न्यूड फोटोसेसन गराउँदा सन्दिप त्यहाँ उपस्थित थिए । दिदीको यस कार्यमा उनले कुनै आपत्ति जनाएनन् र साथ दिए । पेन्टहाउस म्यागजीनका लागि उनकाे फोटोसेसन भएको थियो ।
साे बेला सन्नीको नाम करणजित नै थियो । निर्देशकले फोटोअनुसारकाे नाम नसुहाएको भन्दै बदल्न भनेका दिए । सन्दिपले नै सन्नी लियोनी नाम राख्न भने । एक प्रख्यात इटालियन निर्देशक सर्जियो लियोनीको थर उनले दिदीका लागि प्रयोग गरेका थिए । यो नाम सन्नीलाई निकै फाप्यो र उनी पोर्न इन्डष्ट्रीमा चर्चित बनिन् ।




