काठमाडौं । सनराइज बैंकले ‘सम्पूर्ण बचत खाता’ नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले साे खातामार्फत ग्राहकलाई उच्चतम ब्याजदरका साथै विभिन्न सेवाहरु दिने भएको हो । न्यूनतम मौज्दात २५ हजार रुपैयाँ रहेको उक्त बचत खातामा ग्राहकले ७ दशमलव ०५ प्रतिशत व्याज पाउनेछन् र पाँच वर्षका लागि बैंकले निःशुल्क मोबाइल बैंकिङ्ग र भिसा डेबिट कार्ड दिने छ । साथै एक वर्षका लागि डिम्याट खाता र मेरो सेयरको शुल्क नलाग्ने र अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशत छुट समेत प्राप्त गर्न सक्ने बैकले जनाएकाे छ।
यो बचत खातामा ग्राहकहरुले ८० हजार रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र २० हजार रुपैयाँसम्मको ओपीडी खर्च बीमाका साथै ५ लाख रुपैयाँसम्मको दुर्घटनाको बीमा सुविधा पाउनेछन् । बैंकका अनुसार अस्पताल भर्ना बीमा वर्षमा ३ पटकसम्म दाबी गर्न सकिने छ । यो स्वास्थ्य बीमा योजना भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा समेत दाबी गर्न सकिने बैंकले जनाएको छ ।
साे बैंकले हाल १ सय ३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १ सय ५७ वटा एटीएम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहॊस