काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले आगामी पुस १२ गते बुक क्लोज गर्ने भएकाे छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि त्याे एकदिन बुक क्लोज गर्न लागेको हो । याेसँगै पुस ११ गतेसम्म कायम सेयरधनीले मात्रै बैंकको आर्थिक वर्ष २०७७/७६ को लाभांश पाउने भएका छन् । बैंकले आफ्नो २४ औं वार्षिक साधारणसभा आगामी पुस २९ गते बिहान ११ बजे काठमाडौंको बागबजारस्थित रहेको होटल हार्दिकमा गर्दैछ ।
साे सभाले सञ्चालक समितिको लाभांश प्रस्तावलाई पारित गर्दैछ । सञ्चालक समितिले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ० दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
तपाईंको प्रतिकृया




