एकैसाथ एनआईसी एशिया बैंकका दुई शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले तनहूँ जिल्ला, शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा र व्यास नगरपालिकाको कलेस्तीमा  शाखारहित बैंकिङ्ग सेवा आषाढ ३१ गतेबाट संचालनमा ल्याएको छ ।

बैंकले शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन शुक्ला गण्डकी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष राम चन्द्र भण्डारी र वडा नं. ११ का वडा अध्यक्ष दल बहादुर थापाले संयुक्त रुपमा गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले मान बहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।

यसैगरि बैंकले व्यास नगरपालिकाको कलेस्तीमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन सोहि नगरपालिका वडा नं. ७ का वडा अध्यक्षसतिश चन्द्र न्यौपानेद्वारा सम्पन्न भयो । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा सिकन्दर गुरुङ्गलाई नियुक्त गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री