८ अर्ब ऋण भएकाे इच्छाराजको सीटीसी मल लिलाम हुँदै

काठमाडौं । कर्मचारी सञ्चय कोषले इच्छाराज तामाङलाई ऋण तिर्न बारम्वार ताकेता गरिरहेकाे छ । कर्मचारी सञ्चय कोषले  सूचना प्रकाशित गर्दै ऋण तिर्न ताकेता गरेको हो । काेषले ३५ दिन भित्र ऋण नतिरे धितो लिलाम हुने पनि सूचनामा उल्लेख गरेको छ । तामाङ विभिन्न ब्यवसायका साथै एमालेकाे राजनीतिमा पनि स‌लंग्न थिए ।

तामाङले संगठित रुपमा नै बचतक०्र्ताको रकम ठगी गरेको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ समेत गरेको छ । यदि ३५ दिन भित्र ऋण नतिरेका खण्डमा उनको धितोका रुपमा रहेको सुन्धाराको सपिङ मल लिलामी हुनेछ । सूचनाका अनुसार इच्छाराजको नाममा राजधानीको सुन्धारामा रहेको ६ रोपनी जग्गा अनि त्यहाँ बनेका १३२ इकाई पसल र कवलहरू लिलामी गर्ने कोषले उल्लेख गरेकाे छ ।

कोषले तामाङसहित केशवलाल श्रेष्ठ, प्रवीण मुखिया र लालकाजी गुरुङसहित ८ जनाको नाममा सूचना निकालेको हो। कर्मचारी सञ्चय काेषका अनुसार उनले काेषकाे ८ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रमेश लेखकको प्रश्न- प्रधानमन्त्री संसद्‌मा आउन डराउनुभएको हो ?

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेश भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेको …

प्रतिकृया दिनुहॊस