अर्कै गेटबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश राणा

काठमाडौं । सर्वाेच्चकाे गेटमा कानून ब्यवसायीहरुले आन्दाेलन गरिरहेका छन् । तर आन्दोलनरत कानुन व्यवसायीलाई छल्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत छिरेका छन्। महान्यायाधिवक्ता कार्यालय नजिकको गेटबाट राणा आज बिहान १० बजेर ५० मिनेट जाँदा सर्वोच्च परिसरमा प्रवेश गरेका हुन्।

कार्यालय प्रवेशमा राणालाई रोक्न नेपाल बार एसोसिएसनले आज बिहान १० बजेदेखि नै सर्वोच्चको मूल गेटमा धर्ना दिइरहेका थिए। उनीहरुले गरेकाे धर्ना छल्दै प्रधानन्यायाधीश राणा महान्यायाधीवक्ताको कार्यालयसँगै रहेको गेटबाट सर्वोच्च गएका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री