काठमाडौं । वोमी माइक्रोफाइनान्सको ३० प्रतिशतको हकप्रद भर्ने आज अन्तिम दिन हो । वोमीले गत जेठ १६ गतेदेखि चुक्ता पूंजीको ३० प्रतिशत अर्थात २ लाख ३३ हजार २८० कित्ता हकप्रद शेयरको विक्री खुला गरेको थियो ।
आज बैंकिङ समय भित्र उक्त हकप्रदको लाागि आवेदन दिन सकिने विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
शेयरधनीहरुले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौं र वोमी माइक्रोफाइनान्सको भरतपुर चितवन तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ ।
जेठ ३ गतेसम्म कायम शेयरधनीले मात्र यो हकप्रद भर्न पाउनेछन् । हाल ७ करोड ७७ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको वोमीको हकप्रद शेयर बिक्रीपछि चुक्ता पूँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।




