राजदुत नियुक्ति व्यवस्थित, मर्यादित र पारदर्शी बनाउँदै छौँ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूत नियुक्तिलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नियुक्तिलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने प्रतिवद्धता व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको दाबी पनि गरे ।

मन्त्री ज्ञवालीले नेपालको तराईमा हुने डुबान समस्या समाधानका लागि आवश्यक तयारीको कामलाई तीव्रता दिइएको पनि स्पष्ट पारे ।

आज प्रतिनिधिसभामा सांसदहरूले उठाएका परराष्ट्र मामिलासम्बन्धी जिज्ञासाहरूको जवाफ दिँदै उनले कालापानी, सुस्ता लगायतका क्षेत्रमा देखिएको सीमा विवाद समाधान गर्न सरकारले स्थलगत सर्वेक्षणको कामलाई अघि बढाएको पनि जानकारी दिए ।

मन्त्री ज्ञवालीले नेपालमा रेल सेवा सञ्चालन गर्ने समझदारी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको दाबी पनि गरे ।

उनले सरकारले वैदेशिक रोजगारीमा जानेहरूको उचित व्यवस्थापन गर्न आवश्यक पहल कदमी गर्नेलगायतका काम भइरहेको पनि बताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रविलाई कांग्रेसले दियो चुनौती, प्रचण्डसँग यस्तो आग्रह

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको …

प्रतिकृया दिनुहॊस