अमेरिकी राजदूतसँग काठमाडौंका विभिन्न खोप केन्द्रमा प्रधानमन्त्री देउवा

काठमाडाै । प्रधानमन्त्री शेरबहादुर देउवा विभिन्न खोप केन्द्रको अनुगमन गरेका छन् । उनले नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीसँगै अनुगमन गरेका हुन् । देशभर अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोप आजबाट देशभरी नै लगाइदैछ ।

देउवाले काठमाडौं उपत्यकाको अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुसीमा सञ्चालन गरेको खोप केन्द्र र ललितपुर उपमहानगरपालिकाले सञ्चालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेका छन् । उनले सबैलाई कोरोनाविरुद्धको खोप सरकारको प्राथमिकता रहेको  उल्लेख गरेका छन् ।

यो खोप अभियानअन्तर्गत कोरोनाविरुद्धको खोप नलगाएका ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकहरू, पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिकहरू, शरणार्थीहरू, यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीलाई खोप दिइने वताइएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस