तनाव व्यवस्थापन’ सम्वन्धी परामर्श तथा छलफल

नेपाल बोसिया सङ्घको आयोजनामा बागमती प्रदेशका सामाजिक विकास मन्त्री डा. रामकुमार अधिकारीको प्रमुख आतिथ्यमा कोरोना महामारीको समयमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी भर्चुअल माध्यमबाट’ तनाव व्यवस्थापन’ सम्वन्धी परामर्श छलफल कार्यक्रम सम्पन्न भएको छ ।

साे कार्यक्रममा वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायले खेलकुदमा संलग्न हुँदा शारीरिक अभ्यासको साथै मष्तिस्कको विकासमा समेत सहयोग पुग्ने तथा खेलकुद लगायत आफुलाई मन पर्ने काम गर्दा सेरोटोनिन, डोपामिन रसायनको विकासले अपाङ्गता भएका व्यक्ति समेतले खुसी हुने बताए ।

उक्त छलफलमा आयोजक संस्था नेपाल बोसिया संघकी अध्यक्ष गोमा पौडेलले अनिता व्हाइट फाउण्डेशनको सहयोगमा संघले कोरोना महामारीका कारण दुई वर्षदेखि घरमै आइसोलेसनमा बसेका अपाङ्गता भएका व्यक्ति तथा खेलकुदमा संलग्न अपाङ्गता भएका खेलाडीको तनाव व्यवस्थापन हुने, खेलकुद नेतृत्व शिक्षाको अनुभव आदान प्रदान, भर्चुअल बोसिया खेलकुदको जनचेतनाका लागि भर्चुअल माध्यमबाट चार दिने वृहत कार्यक्रमको आयोजना गरिएको जानकारी थिइन् ।

सोही संस्थाका महासचिव देव कुमारी पराजुलीले कार्यक्रममा डा. उपाध्यायले दिनु भएको प्रस्तुतीले सकारात्मक प्रभाव परेको बताइन् । डाउन सिन्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले आफु र आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन माइण्डफुल नेस, ब्रिदिङ एक्सरसाइजको तालिम लिन इच्छुक रहेको बताउनु हुँदै तनाबका सवालमा समय समयमा विज्ञयहरुसँग छलफल गर्नु पर्ने, परामर्श लिनु पर्ने सुझाव दिईन् ।

सो छलफलमा तनावको कारण क्यान्सर बढ्ने, मोटाउने, विर्सने, डिप्रेसन, सुगर बढ्ने, छिट्टै बुढ्यौली लाग्ने, शरीरमा लाग्ने घाउहरू छिटो निको नहुने समस्या हुने बताउदै तनावले घृणा, लोभ, ८० प्रतिशत विरामी हुने कारण तनावलाई मानिएको र एक व्यक्तिलाई हुने तनाबले अन्य व्यक्रिहरुमा पनि प्रभाव पार्न सक्ने जानकारी गराइएको थियो । साथै तनाव व्यवस्थापनका लागि थेरापी गर्नुपर्ने, खेलकुदमा सहभागी हुने, मनोपरामर्श सेवा लिने, सङ्गीत सुन्ने, शारीरिक व्यायाम गर्ने, ध्यान र योगको अभ्यास गर्ने गर्नाले तनावलाई व्यवस्थापन गर्न सकिने पनि जानकारी गराईएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि डा. अधिकारीले सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, सामाजिक क्षेत्रका सबै पाटाहरु पलगाएत सबै अपाङ्गता भएका बालबालिकादेखि महिला, वृद्ध सबैको विभिन्न पक्षमा सामाजिक विकास मन्त्रालय जोडिएको बताउनु भयो। उहाँले के सहयोग गर्न सकिन्छ ? के के गर्न सकिन्छ ? यसको लागि एक पटक भेटेरै छलफल गरेर अगाढि बढ्ग आयोजक पक्षलाई आह्वान गरे। आफूले जिम्मेवारी प्राप्त मन्त्रालयको मुख्य काम नै सकेसम्म व्यवस्थित र राम्रो बनाउने तथा सबै मानव जातिलाई विकसित, सुखी र सम्वृद्ध बनाउने लक्ष रहेको, त्यो लक्ष प्राप्तीको लागि आफ्नो कार्य क्षेत्रभित्र परेका कुनै पनि किसिमका कामहरु गर्न सामाजिक विकास मन्त्रालय तयार रहेको बताए ।

नेपाल बोसिया संघकी अध्यक्ष गोमा पौडेलले छलफलमा सहभागी सम्पूर्ण खेलाडी, अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरु एवं तनाव व्यवस्थापन बारेमा प्रस्तुतीकरण गर्ने वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायलाई विशेष धन्यवाद दिनुहुँदै कार्यक्रमको समापन गरिन् ।

कार्यक्रममा दोभासेहरू राधा बोहोरा, नानु जयना र प्रख्यात (प्रकाश) महर्जनले साङ्केतिक भाषा र डाउन सिन्ड्रोम एसोसिएसनका सुवास थापा, आकृति मुल्मी र प्रमिला देवानले क्यापसनिङ गरेका थिए ।

न्यूजदैनिक डटकमको लागि सर्लाहीबाट हिरालाल श्रेष्ठ

बारेमा news

यॊ पनि हेर्नुहॊस

स्पेनमा मुसलधारे वर्षा र बाढीबाट मारिनेको सङ्ख्या ९५ पुग्यो

काठमाडौं । स्पेनमा दशकौं यता नदेखिएको भयानक बाढीका कारण हालसम्म कम्तिमा ९५ जनाले ज्यान गुमाएका …

प्रतिकृया दिनुहॊस