काठमाडाै । मंगलबार राति सरुमारानी गाउँपालिका-२ रत्ने प्यूठानमा ट्रकले किचेर एकजनाको घटनास्थलमै ज्यान गएको छ। उक्त गाउँपालिका-१ दर्भान निवासी ६७ वर्षीय दलबहादुर सुनारको ज्यान गएको प्रहरीले जानकारी दिएकाे छ ।
राति घटना भएपनि बुधबार बिहान सात बजेमात्र प्रहरीले खबर पाएको प्यूठानका प्रहरी प्रमुख डीएसपी राजेन्द्र पोख्रेलले जानकारी गराए । गाडीसहित चालक फरार रहेको प्रहरीले वताएकाे छ ।
तपाईंको प्रतिकृया




