चुडामणि शर्मासहित तीन जनालाई एक अर्ब बिगोको भ्रष्टाचार मुद्दा दायर

काठमाडाै । आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चूडामणि शर्मासहित लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसमेतलाई प्रतिवादी बनाएर बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनीहरूसँग १ अर्ब ३३ लाख ३० हजार ३८५ रूपयाँ बिगो माग गरी मुद्दा दायर गरिएको हाे । करदाताहरूको विभिन्न कर वक्यौतामा गैरकानुनी तरिकाले छुट दिएर भ्रष्टाचार गरको आरोपमा उनीहरूलाई लागेकाे र साेही अनुसार मुद्धा दायर गरिएकाे हाे ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री