मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश, २० जना मन्त्री पदमुक्त

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपश्चात् गरेको मन्त्रिपरिषद् विस्तारलाई बदर गरिदिएको छ । आज मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले संसद विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीलाई काम नगर्नु, गर्न नदिनु, नदिलाउनू भनी अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वत: पदमुक्त भएको भन्दै उनले मन्त्रिपरिषद् विस्तार गर्न नपाउने उल्लेख गरेको छ ।

मन्त्रिपरिषद्बाट पदमुक्त हुनेहरुमा उपप्रधानमन्त्रीहरु रघुवीर महासेठ र राजेन्द्र महतो, मन्त्रीहरु खगराज अधिकारी, शरतसिंह भण्डारी, अनिलकुमार झा, शेरबहादुर तामाङ, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, नैनकला थापा, ज्वालाकुमारी साह, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी, एकवाल मियाँ, नारदमुनि राना, गणेशकुमार पहाडी, मोहन बानियाँ, राज्यमन्त्रीहरु चन्द्रकान्त चौधरी, रेणुका गुरुङ र आशा कुमारी विक छन् ।

 

यस्ताे छ सर्वाेच्चकाे आदेश

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री