युनाईटेड इन्स्योरेन्सको कामु सीइओमा रमेश कुमार नियुक्त

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनी  लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् ।असार १ गते बसेको कम्पनीे सञ्चालक समितिको बैठकले इन्स्योरेन्सका नायव महाप्रबन्धक भट्टराईलाई कामु सीईओमा नियुक्त गरेको हो ।

कम्पनीले असार ४ गते सोमबारदेखि लागू हुने गरी भट्टराईलाई सो पदमानियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको अध्ययन गरेका भट्टराईले यूनाईटेड ईन्स्योरेन्स, प्रुडेन्सियल ईन्स्योरेन्स र नेको ईन्स्योरेन्स सहितकरिब १९ वर्ष बीमा व्यवसायको अनुभव  छ ।

सीइओ शेखर बरालले १ वर्ष कार्यकाल बाँकी रहँदै पदबाट राजिनामा दिएपछि कम्पनीमा उक्त पद रिक्त थियो । बरालले असार १ गतेदेखि लागू हुनेगरी राजिनामा दिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री