दिवंगत डा. देवकोटाको शीरमा ढाका टोपी

काठमाडौं । दिवंगत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि न्यूरो अस्पताल, बाँसबारीमा राखिएको छ ।नेता, सहकर्मी मात्र होइन, सार्वसाधारण पनि डा. देवकोटालाई श्रद्धान्जली दिन पुगेका छन् ।

उनको शीरमा नेपाली ढाका टोपी छ । परिवारका सदस्यहरुका अनुसार डा. देवकोटाको इच्छाअनुसार नै निधनपछि दौरा सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो । डा. उपेन्द्र देबकोटाको  काजकिरियामा पत्नी डा. मधु दीक्षित देबकोटा तथा तीन छोरीहरु मेधा, बसुधा र मञ्जरी बस्नेछन् । उनको काजकिरियालाई पनि ७ दिनमा घटाइको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री