काठमाडाै । काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको छ । साे वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर सिंहका अनुसार प्रहरीले घरबेटीविरूद्ध गएकाे शुक्रबार जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।
आमासँग बस्दै आएकी रूपा गएकाे मंगलबार बबरमहलमा कोठा खोज्न गएकी थिइन्। साथीले देखाउन लगेको कोठा रूपालाई मन परेको थियो। सुरूमा घरबेटीले कोठा दिने कुरा भनेकाे तर भाडाको कुरा गरेपछि जातको प्रसग आएपछि रूपाले घरबेटीलाई आफू कामीकी छोरी भएकाे वताएकाे थिइन्। थरका कारण घरबेटीले कोठा नदिएकी हुन्।
रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन्। रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। यस्ताे प्रकारकाे कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजार देखि दुई लाख रुपैयाँ सम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेकाे छ।




