वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाकाे ५ बजेर ३४ मिनेटमा निधन, विज्ञप्तिसहित

काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको अाज साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको हो । अस्पतालले विज्ञप्ति जारी गरी देवकोटाको निधन भएको जानकारी दिएको हो ।

गएकाे हप्ता उनकाे चाहना अनुसार गृह जिल्ला गोरखा लगिएको थियो । देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिने वतार्इएकाे छ। त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।

उनकाे काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री