काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवा तथा सेवा प्रदान गर्ने विधिबारे कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा सञ्चालनमा ल्याएको जानकारी दिएकाे छ ।
कम्पनीका फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेजलगायत बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । यस्तै विभिन्न सेवाबारे फिडब्याक दिन र गुनासोसमेत गर्न सकिने जनाइएको छ । गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रुपमा हुन नसके कम्पनीको सम्बन्धित विभाग/पदाधिकारीले अध्ययन गरी व्यवस्थापन गरिने वताइएकाे छ । एनटी च्याटबोट सेवाले वेबसाइटमा राखिएका विवरणका आधारमा स्वचालित रुपमा जानकारी उपलब्ध गराउने कम्पनीले जानकारी गराएकाे छ ।
प्रतिकृया दिनुहॊस