कर्णालीमा सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गर्याे

काठमाडौँ । कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।

एमाले संसदीय दलको आज बसेकाे बेठकले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मत हाल्न ह्वीप जारी गरेको नेता यामलाल कँडेलले वताएका छन् । बैठकमा एमाले असन्तुष्ट पक्षका प्रदेशसभा सदस्य प्रकाश ज्वाला पनि सहभागी रहेका थिए।

नीति तथा कार्यक्रम पारितका लागि मंगलबार दिउँसो प्रदेशसभा बैठक आह्वान भएकाे छ। लगत्तै बजेट ल्याउने तयारी पनि छ। उता नीति तथा कार्यक्रम नै पास हुने/नहुने अन्याैल बढेकाे छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मकालुमा टिपर दुर्घटना : दुई जना मजदुरको मृत्यु

काठमाडाैं । सङ्खुवासभाकाे मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत …

प्रतिकृया दिनुहॊस