माछापुच्छे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा

काठमाडौं ।माछापुच्छे बैंकमा सुुमन शर्माले प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हाल्नुु भएको छ । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एस.वि.आई. बैंकबाट बैंकिङ्ग सुरु गर्नुु भएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सो पश्चात शर्माले एन.एम.बि. बैंक र  माछापुच्छे बैंक हँुुदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गर्नुु भएको थियो । माछापुच्छे« बैंकमा यस अघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्नुु भएको थियो ।

बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गर्नुुभएका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिनुुहुुन्छ ।

नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गर्नुु भएको शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गर्नुु भएको छ । शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित हुुनुुभएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘एलओडी’ बन्यो विश्वको ५०औँ उत्कृष्ट क्लब

काठमाडौं । ठमेलस्थित एलओडी नाइट क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको छ । …

प्रतिकृया दिनुहॊस