टेलिकमको सबै सेवा मोबाइल एपबाटै

काठमाडौं । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ । नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ ।

 परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ। एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ। त्यसैगरी एफएनएफ सर्भिसबाट नेपाल टेलिकमका आफूले चाहेका ५ वटा नम्बरमा सस्तो दरमा कल गर्नका लागि सेवा सुचारु गर्न सकिन्छ ।
यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका वारेमा सोधपुछ गर्न पनि सकिन्छ ।
गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरे पछि यो एप चलाउन सकिन्छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस