सकेसम्म घरबाटै बैंकिङ कारोबार गर्न बैंकर्स संघको आग्रह

काठमाडाै । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले बैंकिङ कारोबार घरबाटै गर्न अनुरोध गरेको छ । कोभिड १९ को दोस्रो लहर बढेको भन्दै संघले  एक विज्ञप्ति जारी गर्दै बैंकिङ कारोबार घरबाटै गर्न आग्रह गरेको हो । संघले मोबाइल तथा इन्टरनेट बैंकिङ्ग मार्फत एक खाता बाट अर्कोमा रकम स्थानान्तरण, खाता व्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीहरु लगायतका कार्यहरु गर्न सकिने वताएकाे छ ।

ग्राहकहरुको सहजताको लागि यस निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण समेत सम्बन्धित बैंकलाई इमेल मार्फत अनुरोध गर्न सकिने संघले जनाएको छ । बैंकिङ्ग कारोवार वा बैंकसंग सम्बन्धित अन्य कुनै सेवा, सुझाब, गुनासो भएको खण्डमा बैंकको वेबसाइटमा सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएको तथा कल सेन्टर सेवा समेत उपलब्ध भएको संघको धारणा छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल बीच छूट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र …

प्रतिकृया दिनुहॊस

This will auto close after