मंगलवार ४ हजार धेरैमा कोरोना संक्रमण, १८ जनाको मृत्यु

आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरी १४ हजार ६ सय ७२ जनाकाे  पिसिआर परीक्षण तथा १ हजार ९ जनाको एन्टिजेन परीक्षण भएको थियो । तीमध्ये पिसिआर विधिबाट ४ हजार ३ सय ६४ जना र एन्टिजेन विधिबाट १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

भक्तपुर १२४, ललितपुरमा २४० र काठमाडौंमा १६०२ जना गरी १९६६ संक्रमित थपिएका छन् । देशभर सक्रिय संक्रमित संख्या २६ हजार २ सय २५ रहेको छ। पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१९४ पुगेको छ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री