काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले रोल्पाको त्रिवेणी गाउँपालिकास्थित जुगारमा आफ्नो ७१ औं शाखा विस्तार गरेको छ । २२ हजार बढी जनता रहेको प्रदेश नम्बर ५ स्थित त्रिवेणी गाउपालिकाका स्थानीयलाई यो शाखाले वित्तिय कारोवारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ।
बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ।
तपाईंको प्रतिकृया




