स्याङजा महासंघमा सिग्देल निर्वाचित

स्याङजा  । नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा श्रीकृष्ण सिग्देल निर्विरोध निर्वाचित भएका छन्। प्रेस युनियन र प्रेस संगठनका गठबन्धनको साझा उम्मेद्वार सिग्देल अध्यक्षमा निर्वाचित भएका हुन्।

त्यस्तै उपाध्यक्षमा भवानी अधिकारी र राधाकृष्ष्ण डुम्रे, सचिवमा प्रतिक्षा काफ्ले, सह सचिवमा तोलाकान्त बगाले र भूपराज बस्याल, कोषाध्यक्षमा रमेश (एकबहादुर) गोदार रहेका छन्। सदस्यमा अमृत अर्याल, खगेन्द्र भण्डारी, जोगराज पाठक, रामप्रसाद लामिछाने, रामु भट्टराई र शालीकराम पोख्रेल, साधना न्यौपाने, थुमबहादुर (विनोद) रखाली, नारायण विश्वकर्मा छन्।

राष्ट्रिय परिषद सदस्यमा ओमप्रकाश शर्मा र रोशन लामिछाने यसैगरी प्रदेश परिषद सदस्यमा चुत्रबहादुर महत (सचिव) र प्रेमनारायण रेग्मी र हिमाल न्यौपाने निर्वाचित भएका छन् ।

प्रेस युनियनका तर्फबाट पदाधिकारीमा अध्यक्ष, दुई उपाध्यक्ष र दुई सहसचिवमा क्रमश सिग्देल, डुम्रे, अधिकारी, बगाले र बस्याललाई पठाएको कोइरालाले बताए। प्रेस संगठनकातर्फबाट पदाधिकारीको लागि सचिव, कोषाध्यक्ष र दुई सदस्य गरेर क्रमशः काफ्ले, गोदार, पोखरेल र विक हुन्।

अध्यक्षमा निर्वाचित सिग्देल अहिले मातृशोकमा छन्।

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस