हिमालयन बैंककाे HBLडलर प्रीपेड कार्ड सुविधा

काठमाडाै। हिमालयन बैंक लिमिटेडले अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि HBLडलर प्रीपेड कार्ड सुविधा प्रचलनमा ल्याएकोे छ। यस सुविधा अन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सय सम्मको प्रीपेड कार्ड सुविधा प्राप्त गर्न सक्दछन्।

यस कार्ड सुविधाबाट खातावालाहरुले भारत बाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबर सम्मको वस्तु तथा सेवा खरिद गरी अन्लाइन भुक्तानी गर्न सक्नेछन्। इच्छुक ग्राहकहरुले यस सेवाका लागि आफू नजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्न सक्नेछन।

हाल बैंकले ७१ शाखा, ४ विस्तारित काउन्टर, १४६ ATM र ४२०० भन्दा बढी POS Terminals आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेकोे जानकारी दिएकाे छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री