सरकार र चन्द समूहबीच ३ बुँदे सहमति

काठमाडौँ । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले सरकार र विप्लव समुहबीच तीन बुँदे सहमति भएको जानकारी दिएका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्धा खारेजी लगायतका विषयमा सहमति भएको छ ।

सहमतिको विस्तृत विवरण शुक्रबार २ बजे एक विशेष समारोह गरेर सार्बजनिक गरिने बताइएको छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने बताइएको छ । यसअघि बुधबार सरकार र विप्लव समुहबीच दुई चरणमा वार्ता भएको थियो ।

मंगलबार सरकार र विप्लव समुहले वार्ता गर्न आआफ्नो पक्षबाट वार्ता टोलि गठन गरेको सार्बजनिक गरेका थिए । वार्ता टोलिमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई रहेका छन् भने विप्लव समुहको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने ‘दीपक’ रहेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस