काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराइ बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्स (UAE) मा गएका जनकपुर अञ्चल धनुषा जिल्ला गोदार वडा नं.८ बस्ने शंकर कुमार खपाङ्गीको नेपालमा उपचारको क्रममा मृत्यु भएको र बाग्मती अञ्चल सिन्धुपाल्चोक जिल्ला गुम्वा वडा नं.८ घर भई बैदेशिक रोजगारको सिलसिलामा पोल्याण्ड गएकी श्रीमती रिता बुढाथोकी शेर्पाको बिदेशमा मत्यु भएकोले दुबै बीमितको मिति २०७५÷०२÷०६ गते कम्पनीमा दाबी दर्ता हुन आएकोमा मृतक बीमित शंकर कुमार खपाङ्गीको इच्छाएको व्यक्ति निजकी श्रीमती गंगा कुमारी थापालाई र मृतक बीमित रिता बुढाथोकी शेर्पाको इच्छाएको व्यक्ति निजको श्रीमान पासाङ शेर्पालाई दाबी पर्न आएकैदिन क्रमशं रु १३,००,०००।०० (तेह्र लाख मात्र) र रु १४,००,०००।०० (चौध लाख मात्र) दाबी रकम कम्पनीका निमित्त महाप्रबन्धकं दिनेश अमात्यले एक समारोह विच हस्तानतरण गरेका छन् ।




