पुस्कर पौडेल
धनगढी । कैलाली जिल्लाको कैलारी गाउँपालीका वडा नम्वर ३ मा एक सुकुम्वासी बस्ती छ । त्यो बस्तीमा ८५ घरधुरी छन तर ती मध्ये कसैसँग लालपूर्जा छैन् । शिवरतनपुरका स्थानीय कमलप्रसाद चौधरी २०४३ सालदेखि अैलानि जमिनमा बस्दै आएका छन् ।
लालपुर्जाको बारेमा खासै आफूलाई जानकारी नभए पनि एउटा जिल्ला स्तरीय समिति बनेको छ भन्ने सुनेको थिए उनले भने,तर गाउँमा एउटा पनि नम्बरी जमिन छैन सबै औला नि जमिन हो । उनले गाउँमा केही नभए पनि यस ठाउँमा वस्न आएकाे जानकारी गराए । चुनावका बेला त नेताहरू ले लालपूर्जा दिन्छाैं भन्ने आश्वासन दिने गरेपनि चुनाव जितेपछि फर्किएर नआउने गरेको बताए । गत पुस २ गते भूमि सम्बन्धी समस्या समाधान आयोग र स्थानीय तह बिच जग्गा उपलब्ध गराउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
अव लालपुर्जा पाइने भयो भन्ने खुसी त लागेको छ तर पाइन्छ की पाइन्न खै सरासर यस्तै छ उनले न्यूजदैनिकसँग दुखेसाे पाेखे । लालपुर्जा नहुँदा कारोबार लगायत सबै सेवा सुविधा बाट बचित भएको उनले बताए । कमल जस्तै ८५ घरधुरीका स्थानीयहरू लालपुर्जा विहीन भएका छन् । राज्यबाट पाउने सेवा सुविधा लगायत केही काम गर्दा लालपुर्जा चाइने गरे पनि लालपुर्जा नहुँदा धेरै समस्या भएको स्थानीय ललिता चौधरी बताइन । ‘लालपुर्जा पाइनछ कि भन्ने खुसी लागेको छ,उनले भनिन’ ।
भूमि सम्बन्धी समस्या समाधान आयोग र स्थानीय तह बिच जग्गा उपलब्ध गराउने विषयमा समझदारी हुँदा अव लालपूर्जा पाइन्छ की भनेर खुसी भएका छन् । अहिले लालपुर्जा नहुँदा सेवा सुविधाबाट बचित हुनु परेको उनीहरूको दुखेसो गर्छन् ।
बैंकबाट केही लोन लिएर केही व्यापार व्यवसाय गरूँ भन्ने पनि लालपूर्जा नहुँदा धेरे समस्या भएको अर्का स्थानीय जोखनलाल चौधरीले बताए । सन कटकाल पहिला लालभूर्जा बनेको भए पनि वितरण गर्न बेला सकटकाल सुरु भए पनि माओवादीको शासन सता आएपछि आफूहरू ले लालपुर्जा नपाएको उनले बताए ।
३ दशक बितीसकेपछि पनि अहिलेसम्म लालपूर्जा पाउन नसकेको स्थानीय प्रेमलाल चौधरीले बताए । लालपुर्जा नहुँदा अर्का गाउँका मानिसहरू ले हेप्ने गरेको उनले बताए । यस ठाउँमा बस्दै आएको ३ पुस्ता हुँदा सम्म पनि अहिले सम्म लालपूर्जा पाउन नसकेको उनले दुखेसो गरे ।
कैलारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र राज जोशीले केही दिनभित्रै कार्यालय स्थापना गरेर तथ्याङ्क सकलनको कार्य अगाडी बढाउने तयारीमा रहेको जानकारी दिए।




