डडेल्धुरा । गृहकार्य नगरेको भन्दै डडेल्धुराको एक विद्यालयका शिक्षकले विद्यार्थीलाई कुटपिट गरेका छन् । परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक विद्यालयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत राम कामीमाथि निर्घात कुटपिट गरेका हुन् ।कुटपिटबाट परशुराम नगरपालिका–२, गोगनका १२ वर्षीय राम कामीको टाउकोमा गम्भीर चोट लागेको छ ।
इलाका प्रहरी कार्यालय, जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले गृहकार्य नगरेको भन्दै शिक्षक अवस्थीले विद्यार्थीको टाउकोमा स्केलले पिट्दा गम्भीर चोट लागेको जानकारी दिए ।
कुटाइबाट टाउकोमा गम्भीर चोट लागेका कामीको विद्यालय नजिकैको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जोगबुढा अस्पताल पुर्याइएको थियो । तर त्यहाँ पनि उपचार सम्भव नभएपछि कैलाली लान लागिएको पीडित विद्यार्थीका बुवा डम्बर विकले जानकारी दिए ।
प्रतिकृया दिनुहॊस