काठमाडाै । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले पदबाट राजिनामा दिएका छन्। पौडेलले आज संचालक समिति समक्ष राजिनामा दिएका हुन् ।
४ वर्षको लागि सीइओ नियुक्त भएका उनले २ वर्ष कार्यकाल बाँकि हुँदै राजिनामा दिएका हुन् । उनको राजीनामा मंगलबार नै स्वीकृत गर्ने बैंक सञ्चालक समितिको तयारी रहेको वताइएकाे छ । बैंकमा लामोसमय देखि संचालक समिति र व्यवस्थापनबीच बिवाद रहदै आएको थियो । साेही कारण सिइआे पाैडेलले राजीनामा दिएकाे बैंकका एक कर्मचारीले वताए ।
तपाईंको प्रतिकृया




