नेपाल एयरलाइन्सको नयाँ तालिका

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि नयाँ तालिका सार्वजनिक गरेको छ । आन्तरिकतर्फ फेब्रुअरी महिनाका लागि हुने उडान तालिका तय भएको कम्पनीले वताएकाे छ । कम्पनीले काठमाडौं र नेपालगन्जलाई आधार विमानस्थल मानि विभिन्न आन्तरिक गन्तब्यमा उडान गर्ने वताएकाे छ ।

कम्पनीसँग टि्वनअटर दुईवटा विमानमात्र आन्तरिक उडानमा उडानयोग्य अवस्थामा रहेका छन् । तालिका अनुसार काठमाडौंबाट भोजपुर सातामा पाँच दिन (आइत, सोम, मंगल, बिही र शुक्रबार) उडान हुने वताइएकाे छ । काठमाडौंबाट दाङका लागि समेत पाँच (सोम, बुध, बिही, शुक्र र शनिबार) उडान हुने भएकाे छ । काठमाडौं-ताप्लेजुङ रुटमा भने साताको तीन -मंगलर, बुध र शनिबार) उडान उडान हुनेछ । काठमाडौं-खानिडाँडा रुटमा बुध र शनिबार जहाज उडान हुनेछ ।

काठमाडौं-रुकुम आइतबार तथा बिहीबार, काठमाडौं-थामखर्कमा बुधबार र बिहीबार, काठमाडौं-फाप्लु आइतबार जहाज उड्ने गरी तालिका बनाइएको छ । ती गन्तब्यबाट सोही दिन जहाज यात्रु लिएर काठमाडौं फिर्ता हुने भएकाे छ । नेपालगन्जबाट रुकुमका लागि सोमबार र बिहीबार, डोल्पा, जुम्ला, साँफेबगरमा आइतबार उडान हुनेछ । नेपालगन्जबाट सिमकोट र ताल्चामा सोमबार तथा बाजुराका लागि बिहीबार उडान राखिएको कम्पनीले जानकारी दिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री