नेपाल इन्भेष्टमेण्ट बैंकबाट ‘केटु’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई १० लाख प्रदान

काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट बैंकले जाडोयाममा विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ सफल आरोहण गरेर विश्व कीर्तिमान राखेका नेपाली टाेलीलाई सम्मान गरेकाे छ । गएकाे माघ ३ गते नेपाली टाेलीले केटु हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका थिए ।  साे कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, बोर्डका सदस्यहरू र वरिष्ठ व्यवस्थापकहरूले टाेलीलाई सम्मान गर्दै १० लाख पनि प्रदान गरेकाे छ । बैंकले एक कार्यक्रम मार्फत उक्त १० जनाकाे टाेलीलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेकाे छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री