आईजीआईकाे नाफा १२५ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ६ महिनाकाे समयावधिमाआईएमई जनरल इन्स्योरेन्स कम्पनीको नाफा १२५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले पुस मसान्तसम्म १५ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको वताएकाे छ । गत आर्थिक वर्ष २०७६/७७ को प्रथम छ महिनाकाे अविधमा कम्पनीको नाफा ६ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीले ६ महिनामा ७१ करोड १३ बीमा शुल्क आर्जन गरेको छ । ६ महिनाको कुल आय ८० करोड ८९ लाख रुपैयाँ रहेको छ । सो अवधिमा कुल व्यय ६५ करोड १९ लाख रुपैयाँ भएको छ । उता ६ महिनाकाे अवधिमा कम्पनीले २९ करोड १० लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको वित्तीय अवस्थामा देखिएको सुधारसँगै सेयर मूल्यमा पनि वृद्धि भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री